प्रतिगामी संविधान संशोधन विधेयक स्वीकार्य छैनः लेखी

 प्रतिगामी संविधान संशोधन विधेयक स्वीकार्य छैनः लेखी

विराटनगरः नागरिक समाज पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले संविधान संशोधनको विधेयक प्रतिगामी रहेको आरोप लगाए ।

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलितसँग छलफल नगरी ल्याइएको विधेयक स्वीकार्य नहुने बताए । उनले विधेयकले सङ्घीय सीमाङ्कन र राज्यको हरेक तहमा समावेशी प्रतिनिधित्व जस्ता मागलाई नसमेटिएकाले प्रतिगामी रहेको बताए ।

उनले उक्त विधेयकलाई परिमार्जित गरी तराईमा दुई प्रदेश सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।

कैलाली कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशमा र झापा, मोरङ्, सुनसरी र उदयपुर जिल्लाको त्रियुगा क्षेत्रलाई पूर्वको प्रदेशमा जोड्नुपर्ने उनको भनाइ छ ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.