लालीगुँरास बहुउद्देस्सीय सहकारीको साधारण सभा

लालीगुँरास बहुउद्देस्सीय सहकारीको साधारण सभा

काठमाडौं: लालीगुँरास बहुउद्देस्सीय सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन रक्षामन्त्री बालकृष्ण खाडले गरेका थिए । कार्यक्रममा बोल्दै खाडले नेपालको आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सरकार सहकारीको हित विपरित नचल्ने धारणा राख्दै मुलुकभरका सहकारीले गरेको योगदान बिर्सन नहुने बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका सांसद ओमदेवी मल्ल, ललितपुरका सांसद मदन अमात्य, उदयशमशेर राणा, पशुपति चौलागाई, पूर्वमन्त्री छविराज वन्तले सहकारी आन्दोलनलाई जागाउने भूमिका सांसदको रहेको बताए । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भन्डारीले चालु आव ०७२/०७३ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारको कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.