रिलायन्स फाइनान्सको वार्षिक उत्सव
काठमाडौं: रिलायन्स फाइनान्स लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा फाइनान्सले रक्तदान कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा संस्थाका सञ्चालक, सेयरधनी तथा कर्मचारीको सहभागिता थियो । साथै संस्थाले शनिबार साँखुमा अवस्थित द्वन्द्वपीडित तथा अपांग समाजका बालबालिका तथा वृद्धलाई सहयोग स्वरूप खाद्य सामग्री वितरण गर्यो ।
संस्थाको अधिकृत पुँजी ८० करोड, जारी पुँजी ७१ करोड ३१ लाख ४२ हजार र चुक्ता पुँजी ४४ करोड ५७ लाख छ । 'वित्तीय सेवाको अर्को परिभाषा' भन्ने नाराका साथ अघि बढेको यस संस्थाले सर्वसाधारणलाई वित्तीय पहुँच पुर्याउन आफ्नो कारोबार सिमा अझ फराकिलो बनाउँदै लगेको छ ।
विभिन्न निक्षेप कार्यक्रमअन्तर्गत साधारण बचत, विशेष बचत, रिलायन्स खुत्रुके बचत, रिलायन्स सेयरहोल्डर्स बचत, रिलायन्स पीडब्लूडी बचत, रिलायन्स धौलागिरी बचत, रिलायन्स कन्चनजंगा बचत, रिलायन्स एभरेस्ट बचत, रिलायन्स कल कर्पोरेट बचत, रिलायन्स विद्यार्थी बचत खाता र रिलायन्स मुद्दती खाता सञ्चालनमा छन् ।