तीन करोड लगानीमा क्लासिक मःम

तीन करोड लगानीमा क्लासिक मःम

काठमाडौं: करिब तीन करोड लगानीमा काठमाडौंको नारायणचौर नक्सालमा 'क्लासिक मःम' सञ्चालनमा आएको छ । नेपाली स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्‌याउने योजनाका साथ क्लासिक मःम सञ्चालनमा ल्याइएको हो । नेपाली खाजा भनेर संसारभरि परिचित मःमलाई स्वदेशी ब्रान्डका रूपमा स्थापित गरी नेपाल, भारत, अमेरिकालगायतका देशमा फैलाउने उद्देश्यले आमा भेन्चर्स प्रालिको लगानीमा राजधानीको नारायणचौर नक्सालमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक मःम सञ्चालनमा ल्याइएको हो ।

ट्राभल एन्ड टुर्स, अर्जुन फिटनेस क्लब एवं मार्सल आर्ट, अनलाइन बिजनेस मेरोस्टोरडटकम र बिर्तामोड टायर रिसोलिङ बिर्तामोडलगायतका क्षेत्रमा लगानी गर्दै आएको आमा भेन्चर्स प्रालिले छुट्टै नेपाली ब्रान्डका रूपमा क्लासिक मःम सञ्चालनमा ल्याएको भेन्चर्सका अध्यक्ष हरिश्वर पोखरेलले बताए ।

उनका अनुसार पहिलो चरणमा नक्सालबाट सुरु गरिएको क्लासिक मःमलाई अर्को महिनाभित्र क्रमशः काठमाडौंको न्युरोड, नयाँ वानेश्वर, कोटेश्वर, महाराजगञ्ज हुँदै ललितपुरको झम्सिखेलमा आउटलेट खोलिनेछ । यति मात्र नभएर क्लासिक मःमको एउटा आउटलेट भारतको बैंगलोरमा पनि खोलिसकिएको उनले बताए । केही महिनाको अन्तरालमा भारतको नयाँ दिल्लीलगायत अन्य १० प्रमुख सहरमा चरणवद्ध रूपमा क्लासिक मःम सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । साथै संयुक्त राज्य अमेरिकाको सिकागोमा पनि क्लासिक मःमको शाखा खोलिनेछ ।

मःमको स्वादभन्दा उपभोक्ताको स्वास्थ्य क्लासिक मःमको प्रमुख प्राथामिकता हुने भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत योगेश पोखरेलले बताए । उनका अनुसार क्लासिक मःमले प्रदान गर्ने मःममा बोसोरहित स्वस्थ मासुको प्रयोग गर्नेछ । अजिनोमोटो प्रयोग नगरिकनै ताजा मासुको किमा बनाएर ओलिभ आयल राखी ग्राहकको चाहना अनुसारका स्वादमा मःमको उत्पादन तथा बिक्री गरिने उनले बताए ।

विदेशी फ्रान्चाइज रेस्टुरेन्टलाई नेपालमा भित्र्याउने मात्र नभई नेपालीको चर्चित खाजाको रूपमा रहेको मःमलाई ओरिजिनल स्वादमा अन्यत्र फैलाउने क्लासिक मःमको उद्देश्य छ । क्लासिक मःमले क्लासिक स्पेसल, स्टिम, कोथे, प्राइड, छोयला मःम, साँधेको मःम, पिज्जा मःम, वर्गर मःम, सेजुवान मःम, चिल्ली मःम, सुप मःम, नेवारी मःम (ममचा), फिस मःम, मटन मःम, चिकेन मःम, हाँसको मःम, केरा मःम, चिज मःम, पनिर मःम, बफ मःम, पोर्क मःम, मिक्स-भेज मःमलगायतका दुई दर्जनभन्दा बढी स्वादमा मःम उपलब्ध गराउनेछ ।

मःमका कुनै पनि भेराइटीमा उपभोक्ताबाट सेवा शुल्क र मूल्य अभिवृद्धि कर नलिइने कम्पनीले जनाएको छ । क्लासिक मःमका परिकार खाएर उपभोक्ताको स्वास्थ्यमा कुनै खराबी आएमा चिकित्सिकको सिफारिसमा कम्पनीले क्षतिपूर्ति दिनेछ । साथै क्लासिक मःमको आउटलेट रहेको कुनै पनि ठाउँबाट उपभोक्ताको माग अनुसार रिंगरोडभित्र घरदैलोमै डेलिभरी गरिने पनि व्यवस्था मिलाइएको छ । क्लासिक मःमले राजधानीलगायत मुलुकका विभिन्न सुपरस्टोरबाट फ्रोजन मःमको पनि बिक्रीवितरण गर्नेछ ।

कम्पनीले मःमको विस्तार र विकासका लागि आफ्नै मास्टर किचेनको स्थापना गरी मःमबारे जानकारी लिने स्थानको व्यवस्थासमेत मिलाउनेछ । कम्पनीले अबको केही समयमा काठमाडौंका विभिन्न स्थानमा पाँच वटा 'फुड ट्रक' सञ्चालनमा ल्याउने योजना रहेको उल्लेख गरको छ । यो व्यवसायलाई फ्रान्चाइजका रूपमा विश्वका विभिन्न देशमा पुर्‌याउने योजना कम्पनीले बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.