ग्लोबल बैंकको ईएमभी चिप कार्ड सञ्चालनमा
काठमाडौं: ग्लोबल आईएमई बैंकले ईएमभी चिप कार्ड सञ्चालनमा ल्याएको छ । योसँगै बैंकले सत प्रतिशत ईएमभी चिप कार्ड जारी गर्ने बताएको छ । यस सुविधाले उपभोक्ताको एटीएम तथा पीओएस टर्मिनलमार्फत कारोबारलाई सुरक्षित बनाउनेछ भने नेपाली भुक्तानी डोमेनलाई थप सुरक्षित बनाउन योगदान पुर्याउने बैंकको दाबी छ ।
विद्युतीय कारोबारको सुरक्षाप्रति होसियार रहदै बैंकले यस्तो कार्ड भित्र्याएको हो । यसअघि पनि बैंकले अनिवार्य पिन परिवर्तन प्रणालीमार्फत आफ्ना ग्राहकलाई सुरक्षाको प्रत्याभुति गराउँदै आएको थियो । ईएमभी चिप कार्डको प्रयोगले ग्लोबल बैंकको 'सबैका लागि बैंक' भन्ने नारालाई अघि बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ ।