रुकुमकोटमा प्रभु बैंकको नयाँ शाखा
काठमाडौ: प्रभु बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोट गाविस वडा नम्बर ६ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले यूके एड सक्षमसँगको सहकार्यमा रुकुमकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन सभासद गणेशमान पुनले गरेका थिए ।
रुकुममा बैंकको शाखा विस्तार हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाले सरल र सहज रूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने बैंकको विश्वास छ ।