स्लीप वेल पसल सञ्चालनमा
काठमाडौं: स्लीप वेलले नेपालमा आफ्नो पहिलो प्रदर्शन तथा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले धरान–९ स्थित पुतली लाइनमा स्लीप वेल डेकोर नामक नेपालकै पहिलो शोरुम सञ्चालनमा ल्याएको हो । गत आइतबार सञ्चालनमा आएको उक्त शोरुमको उद्घाटन कार्यक्रममा स्लीप वेल कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विकास अग्रवालका साथै कम्पनीको नेपालस्थित डिस्ट्रिब्युटर नितिन जाजोडियाको पनि उपस्थिती थियो ।
माइ म्याट्रेस शिर्षकको नविन योजनाअन्तर्गत कम्पनीले नेपाल र भारतमासमेत विशिष्ट प्रयोगका रूपमा ग्राहकलाई आफ्नो सहुलियत र सुविधा अनुसारको म्याट्रेस छनोट गर्ने अवसर प्रदान गर्दै आएको छ । कम्पनीका मार्केटिङ म्यानेजर अग्रवाललले कार्यक्रममा आफ्नो नयाँ उत्पादन माइ म्याट्रेस बजारमा ल्याउन पाउँदा निकै उत्साहित भएको बताए ।
उनले यो प्रविधि ग्राहकको छनोट तथा खरिद प्रक्रियामा नविन प्रयोग भएको र यसले परम्परागत ग्राहकलाई म्याट्रेस छनोट गर्ने प्रक्रियामा युगान्तकारी परिवर्तन ल्याउने बताए । व्याक्तिको चाहना अनुसार माइ म्याट्रेस सिरिजमा नरम वा कडा र झन् कडा सतहका म्याट्रेस उपलब्ध छन् । माइ म्याट्रेस सिरिजका स्लीप वेल म्याट्रेस नेपाली बजारमा २१ हजारदेखि ३६ हजारसम्म पर्ने बताइएको छ ।