सनराइज बैकद्वारा सहयोग
काठमाडौं: सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग गरेको छ । बैंकले जोरपाटीस्थित अपांग नवजीवन केन्द्रलाई पाँच थान ह्विलचेयर, ७८ थान न्याना कम्बल र खाद्य सामग्री उपलब्ध गराएको हो ।
शुक्रबार बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सदस्य मालचन्द दुगड एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त सामग्री वितरण गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नवजीवन केन्द्रलाई सहयोग सामग्री वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यसै क्रममा खगेन्द्र नवजीवन केन्द्रका महासचिव यज्ञ उप्रेती र केन्द्रका सञ्चालक भूपति संजेलुले केन्द्रबारे जानकारी दिँदै बैंकले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।