राष्ट्रपति निवासमा सर्वदलीय बैठक
काठमाडौंः पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति निवासमा सार्वदलीय बैठक सुरु भएको हो ।
रााष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगरको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको छ ।
बैठकमा नेपाली काग्रेस, माओवादी, एमालेसँगै सत्ता पक्ष र विपक्षी दलका नेताको उपस्थिति रहेको छ । बैठकमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष पशुपति शम्शेर राण, कमल थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवगायतका नेता उपस्थित छन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत उपस्थित छन् । बैठकमा व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश नम्बर पाँचमा सुरु गरेको आन्दोलनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी छ ।