'काम गरेर देखाउँछु'

'काम गरेर देखाउँछु'

काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्राध्यापक डा.जगदीश अग्रवालले अप्ठ्रो परिस्थिति हुँदाहुँदै पनि आफूले राम्रो काम गरेर देखाउने दाबी गरेका छन् ।

डा.गोविन्द केसीको लामो संघर्षपछि शनिबार डिनमा नियुक्त भएका फिजिसियन तथा नसारोग विशेषज्ञ अग्रवालले आफ्नो संस्थान र मातहतका क्याम्पसको गुणस्तरीय शिक्षाका लागि विधिमा टेकेर काम गर्ने बताए ।

उनले आफ्नो नियुक्तिलाई लिएर केही समूहबाट असन्तुष्टि व्यक्त भए पनि त्यसको व्यवस्थापन गर्ने पनि बताए । 'डा.केसीको अडानमा मात्रै पनि म डिन भएको होइन, मेरो योग्यता तथा दक्षताको कारण पनि मलाई डिन बनाइएको हो', डा. अग्रवालले आइतबार अन्नपूर्णसँग भने, 'उहाँले संस्थानको शैक्षिक प्रणाली व्यवस्थित र स्तरीय बनाउन वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्छ भन्नुभएको हो ।'

आफ्नो नियुक्ति प्रक्रियालाई लिएर विरोध जनाउनुको कुनै अर्थ नभएको उनले बताए ।

केसीका संस्थानसँग सम्बन्धित माग पूरा गर्ने प्रतिबद्धता पनि डा.अग्रवालले व्यक्त गरेका छन् । 'डा.केसीले संस्थानको गुणस्तरीय शिक्षामा आफूले राम्रो भूमिका खेल्न सक्छु भन्ने विश्वास गर्नुभएको छ । उहाँको यो विश्वास म टुट्न दिनेछैन', अग्रवालले भने, 'संस्थान बनाउन मलाई उहाँले डिन बनोस् भन्ने चाहनुभएको हो जसलाई नकारात्मक दृष्टिकोणबाट हेर्न मिल्दैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.