जन्मभूमिको प्रवर्धन गर्न 'धरानमा इलाम' कार्यक्रम

जन्मभूमिको प्रवर्धन गर्न 'धरानमा इलाम' कार्यक्रम

काठमाडौं: आफ्नो जन्मथलोलाई प्रवद्र्धन गर्न धरानमा बसेका इलामेहरुले 'धरानमा इलाम' कार्यक्रम सञ्चालन गर्न लागेका छन् । आगामी पुस ९ र १० गते हुने कार्यक्रममा इलामको भूगोल बाहेकको सम्पूर्ण परिचय धरानमा देखाउने लक्ष्यका साथ काम गरिरहेको कार्यक्रम आयोज समितिका अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।

'भूगोलबाहेक इलामको शैक्षिक, सांस्कृतिक, राजनीति, उत्पादन, पर्यटन र इतिहास पनि झल्किने किसिमको तस्बिरको माध्यमबाट, दृश्यको माध्यमबाट हामी प्रस्तुत गर्छौ,' शाहले भने–'यो कार्यक्रमले इलामेबीचको एकताका साथै पर्यटकीय हिसावले व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने मेरो विश्वास छ ।'

दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न स्टल राखेर इलामको जानकारी दिइने छ । स्टलमा इलामको १२ वटा गन्तव्य, बजारमा आइसकेका गन्तव्यहरु तथा लुकेर रहेका नयाँलगायत २० गन्तव्यको तस्बिर राख्नुका साथै होडिङ बोर्डमार्फत जानकारी गराइन्छ ।

त्यस्तै चिया, चिज, दुधलगायतका उत्पादनहरु प्रदर्शनी तथा बिक्री कक्षका रुपमा राखिने छ । इलाममा मात्रै रहेका लेप्चा, उनीहरुको संस्कृति, राई लिम्बुलगायत सबै किसिमको संस्कृतिलाई पर्दशन गरिने शाहले बताए ।

कार्यक्रमका लागि अहिलेसम्म सरकारी पक्षसँग कुनै सहयोग नलिएको भन्दै शाहले घुमफिर वर्ष घोषणा गरेको सरकारले स्थानीयले नै पर्यटन प्रवर्धनका लागि गरेका काममा सहयोग गर्नुपर्ने बताएका छन् ।

नीतिगत हिसाबमा आफूहरुलाई बाधा नपुर्‌याए पर्यटन व्यवसायलाई नेपालको पहिलो व्यवसाय बनाउन आफूहरु लागि पर्ने शाहको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.