३५ करोडमा इन्फिनिटी रिसोर्ट

३५ करोडमा इन्फिनिटी रिसोर्ट

पोखराः फेवा ताल किनार सेदी हाइटमा ३५ करोड रुपैयाँ लगानीमा इन्फिनिटी रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी विनोद तिमिल्सिनाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

पोखरा एयरपोर्टबाट पाँच किलोमिटरको दुरीमा रहेको रिसोर्ट निर्माण सुरु भएको दुई वर्षपछि सञ्चालनमा आएको हो । पोखरा-पामे सडकको सेदी हाइटमा रहेको रिसोर्टबाट पश्चिममा फेवातालसँगै शान्ति स्तुपा र उत्तरमा सराङ्कोटको अवलोकन गर्न सकिन्छ ।

१२ रोपनी क्षेत्रफलमा रहेको रिसोर्टमा २२ डिलक्स र दुई सुइट गरी २४ कोठा छन् । डिलक्स रुममा एक रातको ७५ अमेरिकी डलर र सुइट रुमको एक सय ५० अमेरिकी डलर तोकिएको छ । आन्तरिक पर्यटकको लागि उक्त मूल्यमा ३५ प्रतिशत छुट हुने सञ्चालक तिमिल्सिनाले बताए । रिसोर्टमा ६० जना क्षमताको सेमिनार हल छ । रिसोर्ट परिसरमा दुई सय जनासम्मका लागि आउटडोर सेमिनार गर्न मिल्छ ।

स्वीमिङपुल र अत्याधुनिक सुविधा सम्पन्न कोठा रिसोर्टको अर्को आकर्षण हो । रिसोर्टको ७५ प्रतिशत कोठाबाट फेवातालको दृश्यावलोकन गर्न सकिन्छ ।

२० जनालाई रोजगारी दिएको रिसोर्ट एक महिनादेखि सञ्चालनमा आएको भएपनि विधिवत् उद्घाटन भने मंसिर २२ गते पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गर्ने सञ्चालक तिमिल्सिनाले जानकारी दिए । उद्घाटनको एक महिनासम्मलाई रिसोर्टका सम्पूर्ण कोठामा ५० प्रतिशतसम्म छुट रहेको पनि उनले जनाए ।

भारतको गोवामा दुई वर्षको बारटेन्डर र ओमानमा तीन वर्ष रिसोर्ट म्यानेजरका रूपमा काम गरिसकेका तिमिल्सिनाले जागिरकै क्रममा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको खुलाए । उनले आफ्नो अनुभवलाई आफ्नै रिसोर्टमा प्रयोग गर्ने र यसमा आफू सफल हुनेमा ढुक्क रहेको समेत बताए ।

बाल उद्यान, बालबालिकाका लागि पौडी पोखरी र रिसोर्ट परिसरमा सुविधा सम्पन्न भिल्लाह निर्माण गर्ने, खेलकुद मैदान, स्पा तथा योग केन्द्र स्थापना गर्दै जाने र ह्याङ्गिङ कटेजको निर्माण गर्ने भावी योजना रहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.