संविधान संशोधन प्रस्ताव विरोधमा टियुमा विद्यार्थीको जुलुस
काठमाडौः संविधान संशोधनको विरोधमा त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले आइतबार जुलुस प्रदर्शन गरेका छन् । सरकारले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले जुलुस प्रदर्शन गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा भएको जुलुसलाई सम्बोधन गर्दै अनेरास्ववियुका महासचिब ऐन महरले सधोशन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । ‘सरकारले राष्ट्रघाती प्रस्ताव लिएको छ, हामी फिर्ता नलिदाँसम्म जान्दोलन जारी राख्ने छौं’ उनले भने ।
टियुमा भएको जुलुसमा सचिब मकर खड्का, कोषाध्यक्ष झपिन्द्र खत्री, सचिवालय सदस्य तथा त्रि बि किर्तीपुरका नेता माधब पन्तले राष्ट्रको अहित हुने गरी संशोधन प्रस्ताव आएको र उक्त प्रस्ताव फिर्ता नलिदाँसम्म आन्दोलन नरोकिने बताए ।
जुलुस व्यवस्थापन केन्द्रीय बिभागबाट सुरु भई मानबिकि घडीभवन, शिक्षा शास्त्र संकाय, बिज्ञान बिभाग केन्द्रीय पुस्तकालय हुदै तीनकुनेमा कोणसभामा परिणत भएको थियो ।
राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता नहुन्जेल आन्दोलन जारी रहने माधब पन्तले जानकारी दिए । जुलुसमा सयौं विद्यार्थीको उपस्थित रहेको थियो । टियुका नेता पन्तले आन्दोलनमा दिनप्रतिदिन विद्यार्थीको सहभागीता बढ्दै गएको बताए ।