एसिया प्रशान्त सम्मेलनमा कोकाकोला

एसिया प्रशान्त सम्मेलनमा कोकाकोला

काठमाडौं: कोकाकोलासँगको सहकार्यमा एआईईएसईसीले आयोजना गरेको पाँच दिने एसिया प्रशान्त नेतृत्व शिखर सम्मेलन सम्पन्न भयो । यस क्षेत्रका युवा नेतृत्वबीच सञ्जाल निर्माण गर्नेगरि भएको सम्मेलनमा २४ देशका दुई सय युवाका साथै ५० जना मुख्य टिम सदस्य सहभागी थिए ।

यसका अतिरिक्त सम्मेलनमा सार्वजनिक, निजी तथा तेस्रो मुलुकबाट गरी दुई सय स्थानीय नेपाली विद्यार्थी, व्यावसायिक नेतृत्वकर्ता र विकास विज्ञको सहभागिता थियो । गत मंगलबारदेखि सुरु भएको कार्यक्रम आइतबारसम्म चलेको थियो । कोकाकोलाको मुख्य प्रायोजनमा भएका यस कार्यक्रममा युवाको कल्पना र सोचले भविश्य निर्माण हुने र यसले संसारलाई अझ सुन्दर स्थान बनाउन सहयोग गर्नेछ ।

शिक्षा, स्वयं सेवा र व्यावसायिक तालीम महत्त्वपूर्ण हुने सम्मेलनका सहभागीले बताए । यस सम्मेलनले युवालाई विभिन्न क्षेत्रको नेतृत्व प्रदान गर्नेगरि व्यवसायिक सीप, पर्यावरणीय परिवर्तन, लैंगिक समानता, शिक्षा, नेतृत्व र जलवायु परिवर्तनका क्षेत्रमा छलफलका लागि साझा मञ्च प्रदान गरेको छ । साथै, सम्मेलनमा विश्व सांस्कृतिक गतिविधिलाई आदानप्रदान गर्न ग्लोबल भिलेज, गाला नाइट, नेपाल नाइटलगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.