यती डेभलपमेन्ट बैंकद्वारा सहयोग
काठमाडौं: संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यती डेभलपमेन्ट बैंकको खुरखुरे शाखाले विरेन्द्रनगर उपशाखाको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
त्यसैगरि २५ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बैंकले अपांगता भएका पर्सा महुवनका ४७ जना अपांग, असहाय तथा सुस्तमनस्थिति भएका विद्यार्थीलाई कपडा तथा पाठ्यसामग्री वितरण गरेको थियो ।