सनराइज बैंकद्वारा बिमा रकम भुक्तानी
काठमाडौं: सनराइज बैंक लिमिटेडले 'बचतकर्ता सामुहिक दुर्घटना बिमा व्यवस्था' अन्तर्गतको बिमा रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना बचत खाताका ग्राहकको सुविधाका लागि शिखर इन्सुरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा 'बचतकर्ता सामुहिक दुर्घटना बिमा व्यवस्था' प्रदान गर्दै आएको छ ।
यस सुविधाअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका बचतकर्ताका परिवार र स्थायी रूपमा अशक्त व्यक्तिले पाँच लाखमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सक्नेछन् । बैंकका निक्षेप ग्राहक ललितपुर निवासी मीनबहादुर सिलवालको नाती, सानोकान्छा सिलवालको छोरा, दशरथ सिलवालको उपचारका क्रममा निधन भएकोमा मृतकको नाममा बैंकको टौखेल शाखामा रहेको निक्षेप रकमको चार गुणा अर्थात् पाँच लाख बराबरको रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।