भिबोर सोसाइटी र लुमन्तीबीच सम्झौता
काठमाडौं: भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र लुमन्ती सपोर्ट ग्रुप फर सेल्टरबीच सम्झौता भएको छ । विपन्न परिवारलाई न्युन लागतमा आवास कर्जा प्रवाह गर्न दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल तथा लुमन्ती संस्थाको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार लुमन्ती संस्थाले कार्यक्रम सञ्चालन गरेका स्थानमा न्युन आय भएका र बैंकिङ क्षेत्रबाट टाढा रहेका विपन्न परिवारलाई अधिकतम चार लाखसम्म न्युन लागत आवास कर्जा सुविधा प्रदान गर्नेछ ।