मुक्तिनाथ विकास बैंकमा पोखरेल
काठमाडौं: मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रद्युम्न पोखरेल नियुत्ति भएका छन् । विभिन्न वाणिज्य बैंकमा लामो बैंकिङ कार्य अनुभव हासिल गरेका पोखरेललाई आइतबार एक विशेष कार्यक्रमबीच पदबहाली गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।
नविल बैंकबाट सेवा प्रारम्भ गरी १९ वर्षको अनुभवपछि उनी मुक्तिनाथ विकास बैंकको कार्यकारी पदमा नियुक्त भएका हुन् । उनले यसअघि मेगा बैंकमा सहायक महाप्रबन्धक तथा कर्जा प्रमुखको जिम्मेवारी समाली सकेका थिए ।