स्टन्ट ब्याटल सम्पन्न

स्टन्ट ब्याटल सम्पन्न

काठमाडौं: बाइकर्सको स्टन्ट ब्याटल सम्पन्न भएको छ । नेपालमै पहिलो पटक सञ्चालन भएको स्टन्ट इन्डिभिजुअल एक्सपर्टमा सुरज डन्डेगुलु विजयी भएका छन् । सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेको आयोजकले जानकारी दिए ।

त्यसैगरि नोभिस पुरुषतर्फ भीम होना पहिलो, विवेक ह्युम्बा दोस्रो र राम रामानन्द सरदार तेस्रो भएका छन् । महिलातर्फ आरजु सिंह ठकुरी र सुजना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । योभन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठूला मोटरसाइकल स्पोर्ट्ससमेत सफलतापूर्वक सम्पन्न गरिसकेको नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले एनसीए इभेन्ट्सको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक टीभीएस अपाचे रहेको थियो । त्यसैगरि प्रायोजकमा एस ब्रिटिस मोटरसाइकल, यूएम मोटरसाइकल र माउन्टेन डिउ र रेडबुल, म्याक लुब्रिकेन्ट्स, क्यास्ट्रोल लुब्रिकेन्ट्स, पेट्रोनास लुब्रिकेन्ट्स आदि छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.