निम्बसको भिटामिनयुक्त तेल बजारमा

निम्बसको भिटामिनयुक्त तेल बजारमा

काठमाडौः कृषि क्षेत्रको अग्रणी संस्था निम्बसले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधिमा तीन थरीका तेल उत्पादन सुरु गरेको छ ।

निम्बस होल्डिङअन्तर्गतको प्रोवायोटिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडले सनफ्लावर (सूर्यमुखि), तोरी र सोयाविन (भटमास) को तेल उत्पादन सुरु गरेको हो ।

निम्बसले नेपालमा अहिलेसम्मकै नवीन प्रविधिको प्रयोग गरी भिटामिन ‘ए’ र ‘डी’युक्त सनफ्लावर तेलको उत्पादन सुरु गरेको हो । अहिलेसम्म नेपालका कुनै पनि उद्योगले भिटामिनयुक्त तेल उत्पादन गर्न सकेका छैनन् ।

बजारमा उपलब्ध सनफ्लावर र तोरीको तेलमा कम गुणस्तरका अन्य तेल र पामोलिन मिसाई बिक्रीवितरण हुँदै आएको सरकारी प्रतिवेदनले देखाइरहदा यस उद्योगले तेलमा शतप्रतिशत शुद्धताको ग्यारेन्टी गरेको छ ।

बजारमा उपलब्ध अन्य ब्रान्डका प्रशोधित तेलमा निर्धारित मापदन्डभन्दा निकै बढी वा निकै कम मात्रामा एसिड र पेरोअक्साइड फेला परेको पाइएको छ ।

गत आर्थिक वर्षमा खाद्य विभागले मानव स्वास्थ्यलाई हानिगर्ने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा देशभरका १२ वटा उद्योगबिरुद्ध ३९ वटा मुद्दा दायर गरेको थियो । दूषित तेलको उपभोग गर्दा झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

यो उद्योगले अर्जेटिना, ब्राजिल, युक्रेन र भारतबाट कच्चा पदार्थ आयात गरी तीन थरी तेलको उत्पादन सुरु गरेको हो । निम्बसले भारतसहित तेस्रो मुलुकबाट भटमास आयात गरी पेलेर तेल उत्पादन गर्दै आएको छ । भटमास पेलेर बहुउत्पादन प्रविधि (फरवार्ड इन्टिग्रेटेड) अन्तर्गत तेल, पिना र मस्यौराको छुट्टाछुट्टै उत्पादन सुरु गरेको हो ।

प्रोवायोटिकले व्यञ्जन ब्रान्डमा सनफ्लावर र तोरीको खानेतेल उत्पादन सुरु गरेको हो । यसैगरि सुनौलो किरण ब्रान्डमा सोयाविनको तेल उत्पादन गरिएको हो । नेपालकै अन्य उद्योगले भने भारतसहित तेस्रो मुलुकबाट भटमास र सोयाविनको कच्चा तेल आयात गरी आफ्नो ब्रान्डमा बिक्री गर्दै आएका छन् ।

निम्बसका कर्पोरेट मामिलाका वरिष्ठ म्यानेजर डा. शितलकाजी श्रेष्ठका अनुसार भारतसहित तेस्रो मुलुकबाट आयात गरिने उच्च गुणस्तरको सनफ्लावरको कच्चा तेलको प्रशोधन गरेर प्रशोधित तेलमा भिटामिन ‘ए’ र ‘डी’ समि श्रण गरी भिटामिनयुक्त सनफ्लावर तेल उत्पादन हुँदै आएको छ ।

‘यो तेल भिटामिन ‘ए’ र ‘डी’को कमी हुने बालबालिकादेखि बृद्धबृद्धा सबैलाई लाभदायक हुन्छ । ‘हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं’, वरिष्ठ म्यानेजर श्रेष्ठले भने, ‘सकेसम्म नेपालमा नभएको प्रविधि भित्र्याएर नयाँ स्वाद र मौलिक गुण भएको तेल उत्पादन सुरु गरेका छौं ।

नयाँ प्रविधि र स्वाद भएर होला उत्पादनको सुरुमै यसलाई सबैले रुचाएका छन् ।’ उनका अनुसार बजारमा उपलब्ध विभिन्न कम्पनीका खानेतेलमध्ये प्रोवायोटिकले उत्पादन गरेको तेल गुणस्तरीय र स्वास्थ्यवद्र्धक छ ।

उद्योगले तोरीको तेलतर्फ पनि अत्याधुनिक प्रविधि भित्र्याएको छ । कोल्ड प्रेस प्रविधिको सहयोगमा आयात गरिएको तोरीलाई पेलेर तेल उत्पादन हुँदै आएको छ ।

यो प्रविधिअन्तर्गत तोरीको प्राकृतिक र मौलिक गुणलाई नष्ट नगरी गुणस्तरीय तेल उत्पादन गरिन्छ । तोरीको तेल प्याकिङ गर्न नेपालमै पहिलोपटक ल्यामिनेसन प्रविधिलाई प्रयोगमा ल्याइएको छ । यसले तेलको शुद्धता र स्वच्छतालाई कायम गरिराख्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृतिपछि उत्पादन गरिएको सनफ्लावर तेलको प्रतिलिटर मूल्य एक सय ९०, तोरीको प्रतिलिटर दुई सय र सोयाविनको प्रतिलिटर एक सय २० रुपैयाँ मूल्य तोकिएको छ ।

अन्य उद्योगद्वारा उत्पादित सनफ्लावर तेल प्रतिलिटर एक सय ३० देखि दुई सय ७५ रुपैयाँ, तोरीको एक सय ४० देखि दुई सय ३० र सोयाविन तेल एक सय १५ देखि एक सय ३० रुपैयाँमा बिक्रि भइरहेका छन् । तीन थरीकै खाने तेल देशभर उपलब्ध गराइएको छ ।

भटमास पेलेर तयार पारिएको कच्चा तेललाई प्रशोधन गरी एक र दुई लिटर तौल भएको पाउच र क्यानका बट्टामा भटमास तेलको बजारीकरण सुरु गरिएको छ । पर्साको लिपनीबिर्तामा करिब ५५ करोडको लगानीमा उद्योग स्थापना गरिएको छ ।

चार विघा क्षेत्रफलमध्ये दुई विघामा प्रशोधन कारखाना र दुई विघामा दैनिक तीन सय मेट्रिक टन कच्चा तेल उत्पादन गर्ने कारखाना निर्माण गरिएको छ । यो उद्योगसँग भटमासतर्फ प्रति दिन सय मेट्रिक टन, सनफ्लावरतर्फ ५० मेट्रिक टन र तोरीतर्फ ६० मेट्रिक टन तेल उत्पादन गर्ने क्षमता छ ।

उद्योगले खानेतेलको बजारमध्ये भटमासतर्फ सुरुवातको समयमा २० प्रतिशत, तोरीतर्फ १५ प्रतिशत र सनफ्लावरतर्फ २० प्रतिशत हिस्सा ओगट्ने गरी उत्पादन र बजारीकरणको रणनीतिलाई अघि बढाएको छ ।

निम्बस होल्डिङअन्तर्गत प्रोवायोटिक इन्डस्ट्रिज, प्रोजियोचेम इन्डस्ट्रिज, निम्बस इन्टरनेसनल कम्पनी, फेब्रिक प्लास्टिक उद्योग र निम्बस कृषि केन्द्र सञ्चालनमा छन् । यो समूहले उत्पादन गरेको पशुपन्छीको प्यालेट दाना निकै लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.