तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

नयाँदिल्लीः भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको निधन भएको छ। तमिलनाडु प्रान्तका मुख्यमन्त्री जयललिताकोे ६८ वर्षको उमेरमा चेन्नईको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो।

जयललिताको निधनको अस्पतालले पुष्टि समेत गरेको छ। यसअघि हृदयघात भएपछि सोमबारमात्रै जलललिताको मुटुको शल्याक्रिया गरिएको थियो।

उनी दुई महिनादेखि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी थिइन्। जयललिता आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित छन्। उनले सन् १९८० को सुरुबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी आफ्नो सफल चलचित्र नायिका भूमिका हुँदाहुँदै पनि राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनले करिब १५० वटा चलचित्रमा अभिनय गरेकी छन् । उनले तमिलनाडुको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हालिसकेकी छन् । पछिल्लो पटक सन् २०११ को मे महिनामा उनी तमिलनाडुकी मुख्य मन्त्री बनेकी थिइन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, द्रमुक अध्यक्ष एम करुणानिधि, केन्द्रीय मन्त्रीहरू, कांग्रेस उपाध्यक्ष राहुल गान्धी र विभिन्न राज्यका मुख्यमन्त्रीहरूले जयललिताको निधनप्रति दुख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.