पिपुल्स इन्भेस्टमेन्टको २० प्रतिशत लाभांश
काठमाडौः पिपुल्स इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
निकट भविष्यमा कम्पनीले सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर निस्काशन गर्ने भएको छ । नवौं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले कम्पनीले उत्पादन तथा उर्जा क्षेत्रमा लगानी बढाउने बताए ।
नवौं वार्षिक साधारणसभाले गुरुप्रसाद न्यौपाने, यमलाल रिजाल, माणिकरत्न शाक्य, कर्णप्रसाद देवभण्डारी, शिवहरि दंगाल, राजेन्द्र शाक्य, बेन बहादुर ढकाल, हरिहर कार्की, घनश्याम न्यौपानेसहित नौ जनाको समिति चयन गरेको छ ।