स्टन्ट ब्याटल सम्पन्न

स्टन्ट ब्याटल सम्पन्न

काठमाडौः बाइकर्स नेसनल स्टन्ट ब्याटल सम्पन्न भएको छ । नेपालमै पहिलो पटक टीभीएस अपाचे सिरिज आरटीआरको प्रायोजनमा आयोजित नेसनल स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको हो ।

उक्त स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डन्डेगुलु विजयी भएका छन् । सोही विधाका रविन्द्र श्रेष्ठ र रमेश दुलाल क्रमशः दोस्रो र तेस्रो भएका छन् । त्यसैगरि नोभिस पुरुषतर्फ भीम होना पहिलो, विवेक ह्युम्बा दोस्रो र राम रामानन्द सरदार तेस्रो भएका छन् ।

महिलातर्फ आरजु सिंह ठकुरी र सुजना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । सबैले फरक फरक स्टन्ट प्रदर्शन गरेका थिए । कार्यक्रममा भारतका प्रख्यात राइडर मिलन प्रधानसमेत सहभागी थिए । प्रधानले टीभीएस अपाचे आरटीआर २०० ४केमार्फत आफ्नो प्रतिभा दर्शकसामु पस्किएका थिए ।

उनका सहयोगीले भने टीभीएस विगोमार्फत कला पर्दशन गरेका थिए । यसअघि भएका रेसमान्डु र क्रसमान्डु जस्ता ठूला कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न गरिसकेको नासाअन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले एनसीए इभेन्टसको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.