ककनीमा एक सय फिट अग्लो बुद्ध प्रतिमा बनाउने प्रस्ताव पारित

ककनीमा एक सय फिट अग्लो बुद्ध प्रतिमा बनाउने प्रस्ताव पारित

काठमाडौंः लुम्बनी कपिलवस्तु विश्व अभियानले नुवाकोटको ककनीमा एक सय फिट अग्लो बुद्ध प्रतिमा बनाउने प्रस्ताव पारित गरेको छ । ललितपुर बुद्ध जयन्ती ट्रष्ट र लुम्बनी कपिलवस्तु विश्व अभियानको संयुक्त संयोजनमा प्रतिमा बनाउने ट्रष्टका सभापति धर्मबहादुर शाक्यको प्रस्ताव पारित भएको हो।

बेल्जियमको ब्रुसेल्समा भएको अभियानको दोस्रो अन्तराष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको अभियानका यूरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले जानकारी दिए ।

२७ नोभेम्बरमा भएको सम्मेलनले नेपाललाई बुद्धस्थान नामकरण गर्न गरिएको प्रस्ताव पनि पारित गरेको छ । लुम्बिनी विकास कोषसँग संयोजन गरी लुम्बिनी परिसरमा ललितपुरमा रहेको आठ सय बर्ष पूरानो हिरण्यवरण महाविहारको रिप्लिका निर्माण गर्ने, लुम्बिनीमा प्रवेशद्धार निर्माणका लागि एक रुपैया संकलन अभियानलाई निरन्तरता दिने प्रस्ताव पनि सम्मेलनले पारित गरेको छ ।

वेल्जियमको पूर्व सिनेटर एवं संघीय संसदकी सांसद इल्स भ्यान हुफको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापा, युनेस्को वेनेलक्सका निर्देशक पावलो फोटान लगायत सहभागी रहेको सम्मेलनमा अल्वानिया, जापान, दक्षिण कोरिया, माल्टा, अल्जेरिया, अङगोला, मलेसिया, जर्मनी, अर्जेन्टिना, बोलिभिया लगायतका विभिन्न कुटनीतिक नियोगले पठाएका शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाइएको आचार्यले बताए ।

आचार्यका अनुसार सम्मेलनमा बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिखेल र उपप्रधान तथा गृहमन्त्री जान जम्बोन तथा संस्कृति सञ्चार एवम् युवा मन्त्री स्वेन गात्जले सम्मेलन सफलताको शुभकामना दिदै पत्र पठाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.