सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला

सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला

जाजरकोटः जाजरकोटमा सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला परेको छ। जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा १ झ १००५ नम्बरको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट दुई सय पाँच राउन्ड गोली मंगलबार छेडाबाट प्रहरीले बरामद गरेको हो।

छेडा प्रहरीले चेकजाँचका क्रममा थलहबजारबाट फर्कदै गरेको सरकारी गाडीमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ। मिलनसहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए।

झाप्रास्थित एक विद्यालयको कामको शिलशिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत ब्यक्तिहरु टेकबहादुर थापा र भक्त बहादुर मल्ललाई दशेराको थलहबजार लिएर गएको कार्यालयको गाडी फर्कने क्रममा उनीहरु लिफ्ट मागेर चढेका थिए।

एम सिक्सटिन अथवा इन्सास राइफलको गोली हुन सक्ने प्रहरीले जनाएको छ। मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली कहाँ के किन लग्न लागिएको हो भन्नेबारे केही खुलेको छैन।

प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याइएको छ। छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.