रुपन्देही बन्द फिर्ता
बुटवलः प्रदेश नम्बर पाँच टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा हुँदै आएको रुपन्देही वन्द फिर्ता भएको छ। लगातार एक हप्तादेखि बन्द हुँदै आएको रुपन्देही मंगलबार बेलुकीदेखि खुलेको हो।
प्रदेश नम्बर पाँच टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा रुपन्देही एक सातादेखि ठप्प थियो। रुपन्देहीमा संशोधन प्रस्तावको विरोध आन्दोलन चलाउँदै आएको संघर्ष समितिले बन्दको कार्यक्रम फिर्ता लिएको हो।
आगामी २६ गतेसम्मका लागि बन्दको कार्यक्रम फिर्ता लिइएको संघर्ष समितिले जनाएको छ। यसैगरी कपिलबस्तु र अर्घाखाँची बन्द पनि फिर्ता भएको छ। जिल्लामा आन्दोलनका कार्यक्रम गर्दै आएका संघर्ष समितिले बन्दको कार्यक्रम फिर्ता लिएका हुन्।