हवाई भाडा तीन सय रुपयाँसम्मले घट्यो

हवाई भाडा तीन सय रुपयाँसम्मले घट्यो

काठमाडौंः आन्तरिक वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले सोमबार हवाई भाडा घटाएपछि संघले मंगलबारदेखि नै लागू हुने गरी भाडा घटाएको हो ।

संघले दिएको जानकारी अनुसार काठमाडौंबाट बाहिर जाने र बाहिरी विमानस्थलबाट सञ्चालन हुने भाडासमेत ९० रुपैयाँदेखि तीन सय १० रुपैयाँसम्म घटाएको छ ।

संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार निर्देशक प्रज्वल थापाका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीको गन्तव्य धनगढीका लागि हवाई भाडा तीन सय १० रुपैयाँले घटाइएको छ ।

काठमाडौंबाट नजिकैको गन्तव्य मानिएको सिमराका लागि भने ९० रुपैयाँ घटाइएको छ । घटेको हवाई भाडा मंगलबारबाटै लागू भएको संघले जानकारी दिएको छ ।

वायुसेवा सञ्चालक संघले दिएको जानकारी अनुसार माउन्टेन फ्लाइटमा तीन सय रुपैयाँ भाडा घटेर नयाँ भाडादर आठ हजार पाँच सय २५ रुपैयाँ भएको छ ।

पोखराको लागि एक सय ३५ रुपैयाँ घटेर नयाँ भाडादर चार हजार १० रुपैयाँ भएको छ । विराटनगर एक सय ६५ रुपैयाँ घटेर नयाँ भाडादर पाँच हजार ३० रुपैयाँ भएको छ ।

नेपालगन्जको दुई सय ३५ रुपैयाँ घटेर नयाँ भाडादर सात हजार पाँच सय ७५, विराटनगरमा एक सय ८५ रुपैयाँ घटेर ५७ सय ५५ भएको छ । धनगढीको १० हजार एक सय रुपैयाँ भएको छ ।

भद्रपुर दुई सय २० रुपैयाँ घटेर सात हजार ३०, सिमरामा ९० रुपैयाँ घटेर २५ सय पाँच, जनकपुरमा एक सय २० रुपैयाँ घटेर ३४ सय १० रुपैयाँ भएको छ ।

भरतपुरमा एक सय पाँच रुपैयाँ घटेर २९ सय २० रुपैयाँ भएको छ भने तुम्लिङटारमा एक सय ६५ रुपैयाँ घटेर ४७ सय १५ रुपैयाँ नयाँ भाडादर कायम भएको थापाले जानकारी दिए । यो भाडादर काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको साधारण भाडादर भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.