सुनसरीको एक उद्योगमा आगलागीः तीन कामदार घाइते

सुनसरीको एक उद्योगमा आगलागीः तीन कामदार घाइते

इटहरीः सुनसरीको दुहबी ४ को एक फर्म उद्योगमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय हनुमन्त पपलिन उद्योगमा आगलागी भएको हो । आगलागीमा परेर उद्योगको कच्चा पदार्थ तथा निर्मित सामाग्री नष्ट भएका छन् ।

ग्याँस लिकेज भएर आगलागी भएको भनिए पनि कारण खुलेको छैन् । आगलागी नियन्त्रणमा लिन इनरुवा, इटहरी, विराटनगर गरेर चार वटा वारुणयन्त्र परिचालन गरिएको छ । सँगै सशस्त्र प्रहरी, इलाका प्रहरी दुहबी र स्थानीयवासी पनि आगो नियन्त्रणमा सक्रिय छन् ।

आगलागीमा परी तीन मजदुर घाइते भएका छन् । घाइते हुनेमा दिलिप चौधरी, राजु यादव र अमृत श्रेष्ठ छन् ।

त्यस्तै एउटा पिक अप गाडी जलेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिए । आगलागी भइरहँदा उद्योगभित्र रहेका २० भन्दा बढी ग्याँस सिलिण्डरसमेत पड्किएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.