मेलम्चीमा भेटिएको धातु सुन नभएको पुष्टि

मेलम्चीमा भेटिएको धातु सुन नभएको पुष्टि

काठमाडौँः मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेँलो धातु भेटिएको थियो ।

मेलम्चीको मुहानस्थलमा भेटिएको सो धातु आइतबार मेलम्ची खानेपानी विकास समिति र स्थानीयवासीले परीक्षणका लागि विभागमा बुझाएका थिए ।

विभागको प्रयोगशालामा परीक्षण गर्दा त्यसमा सुनको मात्रा नभेटिएको विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

‘मुहानस्थलमा पाइएको धातुमा सामान्य मात्रामा तामा देखियो, यतिको मात्रामा तामा अन्यत्र पनि पाइन्छ, यो सामान्य हो’, उनले भने । सुनजस्तो पहेँलो धातु भेटिएको मेलम्चीको मुहानस्थल समुद्री सतहबाट एक हजार चार सय ५५ मिटर उचाइमा पर्दछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.