ओलीको चीन भ्रमण स्थगित
काठमाडौ: एमाले अध्यक्ष केपी शर्मा ओलीको भोली बिहीबारदेखि हुने भनिएको चीन भ्रमण अन्तिम समयमा रद्द भएको छ ।
सरकारले दर्ता गरेको संबिधान संसोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षि एमालेले आन्दोलन चर्काउने निर्णय लिएपछि उक्त पार्टीका अध्यक्ष ओलीको चीन भ्रमण रद्द भएको हो ।
ओली निवास बालकोटमा सोमबार बसेको बैठकमा भ्रमणबारे छलफल भएको थियो । ओली इमर्जिङ् मार्केट फोरम नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीनको हेवेई प्रान्त जाने तय भएको थियो ।
ओलीको सट्टामा महासचिव इश्वर पोख्रेल चीन जाने तय भएको छ । महासचिव पोख्रेल र पार्टी सचिव योगेश भट्टराई बिहीबार चीन प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा पोख्रेल र भट्टराईले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
५