हर्स्याङ खोलाबाट झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध, पहिरो खस्नेक्रम जारी

हर्स्याङ खोलाबाट झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध, पहिरो खस्नेक्रम जारी

गोरखाः लापू गाविस वडा नम्बर तीन स्थित हस्र्याङ खोलाबाट झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । यो पदमार्ग अवरुद्ध भएपछि १३ गाविसको आवतजावत बन्द भएको छ भने मनास्लु पदमार्ग भएर हिँड्ने एक हजार भन्दा बढी खच्चर हिँड्न नसकेको खच्चड व्यवसायी समितिका सचिव हर्कबहादुर गुरुङले जानकारी दिए ।

पहिरो खस्नेक्रम अहिले पनि जारी छ । ठूलो आवाजका साथ पहिरो खसिरहेको स्थानीयहरुले बताएका छन् ।

मंगलबार दिउँसोदेखि गएको पहिरो नरोकिँदा स्थानीयबासी त्रसित भएका छन् । राति ठूलो आवाजका साथ पहिरो गएपछि आरुघाटका स्थानीयबासी रातरात घर छाडेर भागेका थिए । 

बुढीगण्डकी थुनिने खतरा

हस्र्याङ खोलाबाट झरेको पहिरो बुढीगण्डकीको सतहसम्म पुगेपछि स्थानीयबासी नदी थुनिने खतरामा पुगेको भन्दै त्रसित भएका छन् । तर, अहिले नदीमा पहिराको कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी त्रसित भएपनि अहिले आत्तिनु पर्ने अवस्था नरहेको र बुढीगण्डकी नदी नथुनिएको आरुघाट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.