किन झर्छ पुरुषको कपाल ?

किन झर्छ पुरुषको कपाल ?

हिजोआज कपाल झर्ने समस्याले धेरै मानिस तनावमा पर्ने गरेका छन् । विशेषगरी पुरुष कपाल झर्ने समस्याबाट हैरान भएको पाइन्छ । धेरैको गुनासो हुन्छ, मेरो उमेर नै पुगेकै छैन कपाल झरेर केही बाँकी छैन । आखिर किन झर्छ पुरुषको कपाल ? यसका केही वैज्ञानिक यस्ता छन् ।

धूमपान

धूमपानका क्रममा निलिने निकोटिनको कारण पुरुषको रक्तनलीहरू खुम्चिन थाल्छ । रक्तनलीहरू खुम्चन थालेपछि शरीरमा अक्सिजनको मात्रासमेत घट्छ । जसका कारण कपाल झर्छ ।

औषधिको असर

क्यान्सर, मुटु, उच्च रक्तचाप, डिप्रेसन, मधुमेहलगायत रोग निको वा नियन्त्रण गर्न अनेकौं औषधि खाने चलन छ । मानव शरीरको बनावटअनुसार औषधिको असर पनि फरकफरक तरिकाले देखिन्छ । औषधिको एउटा मुख्य असर कपाल झर्न पनि सक्छ ।

मद्यपान

मद्यपान धेरै गर्ने पुरुषको शरीरमा टक्सिन बढ्दा आइरन, जिंक पानीको मात्रामा कमी आउन थाल्छ । जसका कारण पनि कपाल झर्ने समस्या सुरु हुन्छ । जुन धेरैले थाहा नै पाउँदैनन् ।

तनावयुक्त जीवन

तनावले अन्य धेरै समस्या निम्ताइरहेका बेला कपाल झर्ने समस्या पनि निम्त्याउन थालेको छ । एक अध्ययनअनुसार तनाव बढ्दा शरीरको हर्मोनमा असन्तुलन पैदा भई कपालसमेत झर्न थाल्छ ।

रसायनयुक्त पदार्थको प्रयोग

बजारमा पाइने अधिकांश रसायनयुक्त कस्मेटिक सामानहरू पाइन थालेको छ । रसायनयुक्त विभिन्न किसिमका हेयर जेल, कलर्स, सेम्फू, कन्डिसनरजस्ता पदार्थको प्रयोग गर्दा कपाल झर्छ ।

हर्मोन समस्या

पुरुषहरूको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको ब्यालेन्स बिग्रिँदा यस्तो समस्या हुन्छ ।

वंशाणुगत कारण

कपाल झर्नु पुरुषको वंशाणुगत कारण पनि हो । विशेषगरी कपाल झर्छ भने त्यो वंशाणुगत कारण पनि हुन सक्छ ।

अस्वस्थ खानपान

व्यस्त जीवनशैलीको बहानामा हिजोआज अस्वस्थ खानपानमा बढी ध्यान जाने गरेको छ । त्यसमा पनि पुरुष धेरै छन् । छिटो कपाल झर्नुको कारण अस्वस्थकर खानपान पनि हो । आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियमजस्ता पौष्टिक तत्त्वको कमीले पनि कपाल झर्छ ।

संक्रमण

टाउकोको छालामा कुनै कारणले संक्रमण भयो भने कपाल झर्ने गर्दछ जुन पुरुषमा धेरै हुन सक्छ ।

चाया पर्नु

विभिन्न कारणले चाया पर्ने समस्या पुरुषमा पनि व्याप्त छ । लगातार चाया पर्ने तर समाधानको उपाय खोजिएन भने कपाल झार्न सक्छ ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.