किशोरकिशोरीमा कुपोषण व्यापक !

किशोरकिशोरीमा कुपोषण व्यापक !

नेपालका किशोरकिशोरीमा कुपोषणको अवस्था भयावह भएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो एक वर्षमा गरेको अध्ययनअनुसार नेपालमा ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरीमा कुपोषण देखिएको छ । सहरमा ६३ प्रतिशत र गाउँमा ६५ प्रतिशत कुपोषित किशोरकिशोरी बसोबास गरेको पाइन्छ । कुपोषणको जोखिम हिमाल र पहाडमा भन्दा तराईमा बढी देखिएको छ । अन्य जातजातिको तुलनामा मुस्लिम र तराई जनजातिका किशोरकिशोरी कुपोषणको जोखिममा रहेको अध्ययनले देखाएको हो ।

अध्ययनअनुसार सरसफाइको पूर्वाधार र चर्पीको पहुँच नभएका किशोरकिशोरीमा कुपोषणको बढी जोखिम छ । फलफूल र तरकारीको नियमित सेवन नगर्ने किशोरकिशोरीमा भने रक्तअल्पता देखिएको छ । करिब २७ प्रतिशत किशोर र ४२ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । अन्य जातजातिको तुलनामा ४५ प्रतिशत मुस्लिम र ४० प्रतिशत किशोरकिशोरीमा रक्तअल्पताको जोखिम पाइएको छ ।

व्यक्तिगत र वातावरणीय सरसफाइले रक्तअल्पताको जोखिम न्यूनीकरण गर्न सहयोग गर्छ । अध्ययनले खाली खुट्टा हिँडडुल गर्ने किशोरकिशोरीमा भन्दा जुत्ता चप्पलको उचित प्रयोग गर्ने किशोरकिशोरीमा रक्तअल्पताको जोखिम कम देखाएको छ । त्यसैगरी आइरन र फोलिक एसिड पाइने खानेकुरा सेवन गर्ने किशोरकिशोरीमा पनि रक्तअल्पताको जोखिम कम देखिएको छ ।

उक्त अध्ययनमा नेपालको हिमाल, पहाड र तराईका १० देखि १९ वर्ष उमेरसमूहका किशोरकिशोरीको प्रतिनिधित्व हुने गरी १३ जिल्लाबाट तीन हजार सात सय ७३ जना किशोरकिशोरीको तथ्यांक संकलन गरिएको थियो । पोषणको स्थिति निर्धाण गर्न किशोरकिशोरीको उचाइ, तौललगायत उनीहरूको रगतमा रहेको लौह तत्त्वको मात्रा मापन गरिएको थियो ।

अब के गर्नुपर्छ ?

अध्ययनले विपन्न समुदायका किशोरकिशोरी, सरसफाइको पूर्वाधार र चर्पीको पहुँच नभएका किशोरकिशोरी र नियमित फलफूल र तरकारी सेवन नगर्ने किशोरकिशोरीमा कुपोषण र रक्तअल्पताको जोखिम बढी देखाएको छ । त्यसैले कुपोषण र रक्तअल्पताजस्ता पोषणसम्बन्धी समस्या रोकथाममा किशोरकिशोरीको व्यक्तिगत सरसफाइ र स्वच्छ खानपानको व्यवहार विकास गर्ने खालका स्वास्थ्य कार्यक्रम आवश्यक देखिएको अध्ययनले सुझाएको छ ।

किशोरावस्थाबारे केही तथ्य

विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेरसमूहको व्यक्तिलाई बुझाउँछ । किशोर अवस्थामा शारीरिक र मनोवैज्ञानिक परिवर्तनको क्रम तीव्र हुने भएकाले यस उमेर समूहका व्यक्तिहरू पोषणसँग सम्बन्धित रोगहरूको जोखिममा हुन्छन् । उमेरअनुसारको तौल र उचाइ नहुनु, सूक्ष्म पोषक तत्त्वको कमी, मोटोपनाजस्ता स्वास्थ्य समस्या किशोर अवस्थामा देखा पर्ने मुख्य पोषण रोग हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.