बार्सिलोनाको जितका लागि मेसीले एक गोल गर्दा टुरानको ह्याट्रिक (फोटोफिचर)
काठमाडौंः चाम्पियन्स लिग पुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । बोरुसिया मोनचेङग्लाडबीच विरुद्ध सानदार जितका लागि बार्सिलोनाका आर्ड टुरानले ह्याट्रिक पूरा गरे भने लियोनल मेसीले एक गोल गरे ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पको खेलको १६ औं मिनेटमा मेसीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १–० मै सिमित भयो । दोस्रो हाफमा भने बार्सिलोनाका टुरानले ह्याट्रिक गरेर बार्सिलोनाको जित सुनिस्चित गरे ।
दोस्रो हाफको ५०, ५३ र ६७ औँ मिनेटमा गोल गर्दै टुरानले बार्सिलोनाका लागि ह्याट्रिक पूरा गरेका हुन् । यो जितसँगै बार्सिलोना १५ अंकसहित समूह विजेता बनेको छ भने सेल्टिकसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर सिटी समूह उपविजेता बनेको छ । उसले ९ अंकमात्र जोडेको छ ।