टुरिजम डेभलपमेन्ट बैंकको स्वर्णिम मुद्दती निक्षेप
काठमाडौः टुरिजम डेभलपमेन्ट बैंकले ‘१९९ दिने स्वर्णिम मुद्दती निक्षेप' योजना सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकका लागि उच्च प्रतिफल प्रदान गर्ने योजनाका साथ सञ्चालनमा ल्याइएको यस मुद्दती निक्षेप योजनाको अवधि एक सय ९९ दिन रहनेछ ।
जसअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात पाँच लाख रुपैयाँमा नौ प्रतिशतको आकर्षक ब्याजदर मुद्दती अवधिको समाप्तिमा पाउँने बैंकले जनाएको छ । साथै बैंकले आफ्नो ग्राहकका लागि उक्त मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । अन्य थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न वा बैंकको वेबसाइटमा हेर्नसमेत बैंकले आग्रह गरेको छ ।