क्यासीको उपाध्यक्षमा श्रेष्ठ
काठमाडौः एसिया प्रशान्त क्षेत्रहरूका उद्योग वाणिज्य समूहको सर्वोच्च छाता संगठन कन्फडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यासी) को उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
मंसिर १० गते ताइवानमा सम्पन्न ३० औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट आउँदो कार्यकालका लागि पुनः उपाध्यक्ष पदमा श्रेष्ठ निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ पञ्चकन्या उद्योग समूहका प्रबन्धनिर्देशक हुन् ।
एसिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन् १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बंगलादेश, हङकङ, अस्ट्रेलिया, मलेसिया, सिंगापुरलगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठन सदस्य रहेको कम्पनीले जनाएको छ ।