हिमालयन ट्राभलमार्ट जुनमा
धुलिखेलः प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल (पाटा) ले ‘हिमालयन ट्राभल मार्ट २०१७’ अगामी वर्ष सन् २०१७ को जुन १ देखि ४ सम्म नेपालमा गर्ने भएको छ ।
संस्थाले मंगलबार धुलिखेलमामा आयोजित एक समारोहमा कार्यक्रमको समय तय गरेको हो । संस्थाले यो अभियानलाई राष्ट्रिय पर्वका रूपमा समते मनाउने जनाएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाटाले मार्टमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार र पाकिस्तानका पर्यटन व्यवसायीले युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, रसिया तथा सीआईएस, एसिया र खाडी मुलुकका व्यवसायीलाई आफ्ना प्याकेज बिक्री गर्न सक्न जनाएको छ ।
‘हिमालयन ट्राभल मार्ट २०१७ मा विभिन्न मुलुकबाट आउने टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय वक्ता, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिसहित दुई सय जनाले भाग लिने पाटाको अनुमान छ ।