अमेरिकी राष्ट्रपति ट्रम्प ‘टाइम’ वर्ष व्यक्ति घोषित
एजेन्सीः अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ‘टाइम पर्सन अफ टि इयर २०१३’ अर्थात् वर्ष व्यक्ति घोषित भएका छन् ।
ट्रम्प वर्ष व्यक्तिको सूचीमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतका शक्तिशाली मानिएका नेता निगेल फाराग, अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पार्दै वर्ष व्यक्ति बनेका हुन् ।
टाइमले सार्वजनिक गरेको विवरण अनुसार वर्ष व्यक्ति घोषित भएका ट्रम्पले अनलाइन पोलमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्न सकेका छैनन् ।
धेरैले अनुमान गरे अनुसार नै ट्रम्प वर्ष व्यक्ति घोषित भएका हुन् । टाइम वर्ष व्यक्तिको इतिहास दोहोरिदै आएको छ । सन् २००० पछि प्रत्येक वर्ष अमेरिकी राष्ट्रपति वर्ष व्यक्ति घोषित हुँदै आएका छन् ।
अनलाइन भोटिङमा भारतीय प्रधानमन्त्री मोदी अगाडि भए पनि टाइमको सम्पादकीय टोलीले ट्रम्पलाई वर्ष व्यक्ति घोषित गरेको हो। टाइम वर्ष व्यक्ति अवार्ड सबैभन्दा पहिला सन् १९२७ मा प्रदान गरिएको थियो ।