जिल्ला प्रशासनमा महिलाको धर्ना

जिल्ला प्रशासनमा महिलाको धर्ना

गुल्मीः सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा आज नवौँ दिन पनि गुल्मीमा प्रदर्शन जारी छ । गुल्मीका स्थानीय महिलाले जिल्ला प्रशासनमा बिहानैदेखि धर्ना दिनुका साथै सरकार बिरुद्ध नारावाजी गरिरहेका छन् । नवौ दिनसम्म सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको भन्दै स्थानीय महिलाहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा सहभागी नेपाल महिला संघकी बिष्णुकुमारी सापकोटाले सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आन्दोलनलाई वेवास्ता गरे महिलाहरु सडकमा उत्रिने चेतावनी छन् । तमघासका ब्यवसायी महिलाहरु बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि बालबालिका भोकै विद्यालय जान बाध्य भएका छन् ।

धर्ना र बन्दका कारण सरकारी कामकाज ठप्प हुनुका साथै कर्मचारी कार्यालय भन्दा बाहिर रहेका छन् । सँयुक्त आन्दोलन संघर्ष समितिले आज पनि दिनभर बिरोधका कार्यक्रम प्रदर्शन गर्ने बताएको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.