आईएमई र अक्सिजन इन्डियाबीच सम्झौता
काठमाडौः आईएमई र अक्सिजन सर्भिस इन्डिया प्रालिबीच रेमिटेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इन्डिया र आईएमईबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इन्डियाका अध्यक्ष प्रमोद सक्सेनाले हस्ताक्षर गरेका छन् ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले डिजिटल फाइनान्सियल सेवा प्रदान गर्दै आएको अक्सिजन इन्डिया र आईएमईबीच भएको सेवा शुभारम्भले इन्डियामा रहँदै आएका लाखौं नेपालीको कमाइलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्र्याउन सहज हुने बताए ।
उनले यो सहकार्यले डलर बेचेर भारतीय रुपैयाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भए पनि कम गर्ने विश्वास व्यक्त गरेका छन् ।