नबिलद्वारा अनुसन्धानकर्ता सम्मानित
काठमाडौं ः राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ चार जना अनुसन्धानकर्ता सम्मानित भएका छन् । पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आयोजित नास्टको ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गरेका हुन् ।
सम्मानित चारजना अनुसन्धानकर्तामा टंकनाथ धमला, हरिप्रसाद अर्याल, कृष्णदास मानन्धर तथा सिर्जनलाल श्रेष्ठ रहेको बैंकले जनाएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत उनीहरूलाई यो पुरस्कार दिइएको हो ।
कार्यक्रममा नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी योगदान पुर्याएको भन्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्न आग्रह गरे । पुरस्कारको राशि प्रतिव्यक्ति वा संस्था एक लाख २५ हजार रहेको बैंकले जनाएको छ ।