यती डेभलपमेन्ट र क्लियरिङ हाउसबीच सम्झौता
काठमाडौः यती डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेबीच विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउने विषयमा सम्झौता भएको । बैंकले आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सुबिधा उपलब्ध गराउँदै लैजाने क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबार पूर्णरूपमा सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । यस्तै ग्राहकको रकम स्थानान्तरण, डिबिडेन्ट पेमेन्ट, आईपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्सलगायत सेवा लिन सकिनेछ ।