सनराइज बैंकको शाखारहित सेवा
काठमाडौः सनराइज बैंक लिमिटेडले रौतहटको सरमुजुवा गाविसको बंकुलमा शाखारहित कैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीको उपस्थितिमा भूतपूर्व न्यायाधीश देवशरण प्रसाद चौधरीले गरेका छन् ।
बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यअनुसार आफ्नो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । त्यस अवसरमा बैंकको गौर शाखाका प्रमुख चौधरीले शाखारहित बैंकिङ सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
बैंकका शाखा नभएका ठाउँबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ सेवामार्फत एटीएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गर्न सकिनेछ ।