सुर्खेतमा जेसीबीको नयाँ शाखा
काठमाडौः नेपालका लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्री एस’ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पुर्याउने उदेश्यले उक्त साखा सञ्चालनमा ल्याएको हो ।
मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले यहाँ नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ । सुर्खेतको मुख्य क्षेत्र खजुरा चोकमा अवस्थित नयाँ शाखाको उद्घाटन निर्माण व्यवसायी संघ, सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृष्ण बस्यालले संयुक्त रूपमा गरे ।
सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर १० वटा स्थानबाट ‘थ्री एस’ सुविधा दिनेछ । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन बजारमा रहेको कम्पनीले जनाएको छ ।