भिबोर सोसाइटीले ल्यायो मुद्दती योजना
काठमाडौः भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले दुई सय २२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले नौ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो मुद्दतीको अवधि दुई सय २२ दिन रहनेछ । बैंकले आफ्नो ४२ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टरमार्फत यो अधिकतम ब्याज दरको लाभलिन सक्नेछन् । यो निश्चित अवधिका लागि मात्र रहने बैंकले जनाएको छ ।