बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल
काठमाडौंः जन्मजात थालसेमिया रोगबाट पीडित बालकको उपचारका लागि सहयोग गर्न परिवारले अपिल गरेको छ।
काभ्रे दाप्चा काशिखण्ड नगरपालिका–११ का ६ वर्षीय बालक मनिष नेपाली थालसेमिया (शरिरमा रगत उत्पादन नहुने) रोगबाट पीडित भएकाले उनको उपचारका लागि सहयोग गर्न परिवारले अपिल गरेको हो। नेपालीको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी अपिल गरेको हो।
नेपालीको हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। विरामी बालक नेपालीका बाबु रामचन्द्र नेपालीका अनुसार बालकको उपचारका लागि ४५ लाख रुपैयाँभन्दा बढि खर्च लाग्नेछ। उनले आफ्ना छोराको उपचारमा सहयोग गर्न आग्रह गरे।
सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ सीएसमा पैसा जम्मा गर्न सक्नेछन्।