युवा क्रिकेटर सन्दीप लामिछाने एपीएफ क्लबमा आबद्ध

युवा क्रिकेटर सन्दीप लामिछाने एपीएफ क्लबमा आबद्ध

काठमाडौंः युवा लेग स्पिननर सन्दीप लामिछाने विभागीय टोली एपीएफ क्लबमा आबद्ध भएका छन् । यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले बिहीबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आगामी एक वर्षका लागि सम्झौता गरेका हुन् ।

सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सन्दीप हाल अर्काे साताबाट श्रीलंकामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कपको तयारीमा व्यस्त छन् ।

अस्टे«लियन टोलीका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा झन्डै दुई महिना अभ्यास गर्ने अवसर पाएका सन्दीप एसिया कपका लागि हालै स्वदेश फर्किएका हुन् ।

सन्दीपले क्लबसँग आगामी एक वर्षका लागि सम्झौता गरेको बताए । ‘एपीएफसँग एक वर्षको सम्झौता भएको छ’, उनले भने । सन्दीपले टोलीमा सिनियर टोलीका कप्तान पारस खड्कालगायतका अनुभवी खेलाडी रहेकाले आफ्ना लागि एपीएफसँगको अनुबन्ध सुखद रहने बताए ।

एपीएफमा पारसलगायत उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मीलगायतका अनुभवी खेलाडी छन् । एपीएफ खेलकुद विभाग प्रमुख डीएसपी प्रेमकुमार श्रेष्ठले पनि सन्दीपलाई अनुबन्ध गरिएको पुष्टि गरे ।

आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुभन्दा ठीकअघि एपीएफले अनुभवी र क्षमतावान् क्रिकेटर सन्दीपलाई अनुबन्ध गरेको हो ।

अर्काे महिनाको पहिलो सातामै सुरु हुने सातौं राष्ट्रिय खेलकुदमा एपीएफसहित अन्य दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै पाँचवटा क्षेत्रीय टोलीले पनि सहभागिता जनाउने छन् ।

प्रतिभावान मानिएका युवा क्रिकेट सन्दीपलाई एपीएफमा अनुबन्ध गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) अजय छत्कुलीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

युवा उमेरमै राम्रो खेल प्रदर्शन गरेका सन्दीप अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा दुई महिना क्रिकेटर खेलेर भर्खरै स्वदेश फर्किएका हुन् । सन्दीपको खेलको अष्ट्रेलियामा प्रशंसा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.