कांग्रेस सभापति देउवा र सभामुख घर्तीबीच भेटवार्ता
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीमगरबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
बिहीबार दिउँसो सभामुखको कार्यकक्ष सिंहदबारमा भएको भेटमा संविधान संशोधन विधेयक र संघीयताको विषयमा चर्किदै गएको विवादका विषयमा छलफल भएको भेटपछि देउवाले जानकारी दिए ।
देउवाले भने, ‘व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र त्यसपछि देखिएको राजनीतिक संकटको समाधानका विषयमा छलफल भएको छ ।’
देउवाले अबको केही दिनमै पछिल्ला दिनमा देखिएका राजनीतिक संकटको समाधान हुने विश्वास व्यक्त गरेका छन् ।