नेपालबाट संसारले सिक्नसक्छः परराष्ट्रमन्त्री महत

नेपालबाट संसारले सिक्नसक्छः परराष्ट्रमन्त्री महत

काठमाडौं: परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधानमा हासिल गरेको सफलता संसारकै लागि उदाहरण भएकोले यसबाट विश्वले नै सिक्नसक्ने बताएका छन् ।

इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै महतले भने, ‘संसारका अरु देशले पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट सिक्न सक्छन् ।’

विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिको सहभागिता रहेको सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदो बिहीबार गरेका छन् । यस सम्मेलनको नारा (थिम) धर्म, प्रजातन्त्र र बहुलबाद राखिएको छ।

शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री महतले संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको बताए ।

‘हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ, हामीले संविधानमा नै देशको संसद्मा ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ,’ महतले भने, ‘हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीश पनि महिला हुनुहुन्छ ।’

नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै महतले भने, ‘प्रजातन्त्र, कानुनी शासन, बहुलवाद र शान्तिपूर्ण माध्यमबाट नै अन्तराष्ट्रिय क्षेत्रमा सहयोग र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.