राजदूत थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र बुझाए

राजदूत थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौं: बेल्जियमा लागि नेपाली राजदूत लोक बहादुर थापाले त्यहाँका राजा फिलिपसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र पेश गरेका छन् । ब्रसेल्सस्थित राजदरबारमा आयोजित बिशेष समारोहमा राजदूत थापाले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

थापाले राजा फिलिपसँग संक्षिप्त कुराकानी गरेको त्यहाँस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ । राजा फिलिपले थापालाई कार्यकाल सफलताको शुभकामना र बधाई दिएका थिए । थापाको कार्यकाल दुई देशबीचको संबन्ध विस्तारमा फलदायी हुने विश्वास फिलिपले लिएका थिए ।

फिलिपले आफू राजकुमार हुंदा सन् १९९८ मा नेपाल भ्रमण गरेको स्मरण गरेका थिए । त्यसयता नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक परिस्थितीमा महत्वपूर्ण परिवर्तन आइसकेको राजाले बताएको दूतावासले विज्ञप्तिमा जनाएको छ ।

सो अवसरमा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले फिलिपलाई पठाएको सन्देश हस्तान्तरण गरे । थापाले आफ्नो कार्यकालमा नेपाल र बेल्जियमबीचको सम्बन्धलाई अझै सुदृढ गरी नयां उचाइमा पुर्याउन आफूले दृढ भएर काम गर्ने राजा समक्ष बताए ।

सन् १९९२ मा बेल्जियममा नेपालको आवासीय दूतावास स्थापना भएयता थापा छैठौँ राजदूत हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.